राप्ती बबई क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्ने

तुलसीपुर, २१ जेठ । 

दाङको राप्ती बबई क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।कोरोना महामारी बढिरहेको अबस्थामा क्याम्पस बन्द भएको अबस्थामा विद्यालयले अनलाईनबाट कक्षा दिने भएको हो ।

क्याम्पस प्रमुख युवाराज रावतले विहीबार एक सूचना जारी गरि स्नातक प्रथम, दृतिय, तृतिय र चौथो बर्षको अनलाईन कक्षा सञ्चालन गर्न लागेको जानकारी दिए । उनका अनुसार जेठ २३ गतेदेखि विहानी शत्रमा अनलाईन कक्षा हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस