सातै प्रदेशमा आजबाट चिनियाँ खोप लगाइँदै

काठमाण्डाैँ,२५ जेठ ।

चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्ष माथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।

६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस