सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

कैलाली, २५ जेठ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन् ।

प्रदेश सभाका ५१ सांसदमध्ये ३० जनाले भट्टको पक्षमा र ९ सांसदले विपक्षमा मतदान गरेका हुन् । कांग्रेसका १२ जना सांसदले भने मत हालेनन् ।

प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । भट्टलाई एमालेको माधव नेपाल पक्षका सांसदले पनि विश्‍वासको मत दिएका छन् ।तरएमाले ओली पक्षका सांसदहरु पठानसिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरे ।

प्रतिक्रिया दिनुहोस