देशभर ३,७४९ जनामा कोरोना पुष्टि,थप ५९ संक्रमितको मृत्यु

दाङ, २७ जेठ । 

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २३८ जनाको परीक्षण गर्दा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस