दाङकाे देउखुरीमा तालमा डुबेर एक बालकको मृत्यु

दाङ, ३० जेठ । 

देउखुरीमा एक बालकको तालमा डुबेर ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी अर्जुन चौधरीका छोरा अन्दाजी ६ वर्षिय बालक अविनाश चौधरी रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो लालमटिया स्थित हर्षे डाँडामा रहेको तालमा पौडी खेल्ने क्रममा चौधरीको डुवेर ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । मृतकको शवलाई लमहीमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाई सकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस