देशभर २९१८ जनामा कोरोना पुष्टि, थप ५३ संक्रमितको मृत्यु

कैलाली, ३१ जेठ ।

पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४३८ पीसीआर परीक्षणमा २०४९ जनामा र ५३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ । तीमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् भने ८४६५ जनाको मृत्यु भएको छ ।त्यस्तै सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या ४ हजार ६८२ रहेको छ । जसमध्ये ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ भने ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस