कैलाली लगाएत तराईका जिल्लाहरुमा धान रोपाई सुरु (फोटो फिचर)

कैलाली, ०१ असार ।

कोरोना भाइरसको जोखिमका बीच कैलाली लगाएत तराईका जिल्लाहरुमा धान रोपाई सुरु भएको छ । नियमित वर्षा र पानीको सुविधा भएपछि कैलालीको धनगढी ,गोदावरी,  टिकापुर, लम्की,  मसुरिया, चौमाला, बौनिया लगाएतका क्षेत्रमा धान रोपाई सुरु भएको हो।

विगतका वर्षमा मजदुरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो। यस वर्ष भने लकडाउनका कारण अध्ययन, रोजगारी र व्यापार ब्यवसायका लागि सहरी क्षेत्रमा गएकाहरु गाउँ फर्किएपछि कामकाज गर्न सजिलो भएको कृषकहरु बताउँछन्।

लकडाउनको फुर्सदलाई सदुपयोग गरेर कतिपय कृषकहरुले वर्षौदेखि बाँझिएको खेतबारीमा झाडी फाडेर खाद्यान्न र फलफुल खेती समेत सुरु गरेका छन्।

फोटो फिचर

 

 

प्रतिक्रिया दिनुहोस