आज सातै प्रदेशको बजेट आउँदै

काठमाडौं ,१ असार । 

आज असार १ गते सातै प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने भएका छन्। आज सबै प्रदेशहरूले बजेट ल्याउने तयारी गरिरहेका छन्। सातै प्रदेशमा नीति तथा कार्यक्रम आइसकेको छ।

यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको छ। विकास निर्माणका गतिविधिहरूलगायतमा पनि बजेट केन्द्रीत रहने प्रदेशहरूका नीति तथा कार्यक्रमले देखाएका छन्।

प्रदेशमा आर्थिक मामिला मन्त्रीले बजेट प्रस्तुत गर्छन्। नीति तथा कार्यक्रम भने प्रदेश प्रमुखले पढ्ने चलन छ। प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस