देशभर २,७४५ जनामा कोरोना पुष्टि,थप ४१ संक्रमितको मृत्यु

काठमाडौँ, ०१ असार ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २९० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस