दाङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

दाङ,०३ असार ।

दाङको घोराहीमा बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि ४६ बर्षीया स्याना कुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए।

सामान्ने घराएसी बिबादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले श्रीमती स्याना कुमारी चौधरीको टाउकोमा बञ्चरो प्रहार गरि सक्त घाइते बनाएका थिए ।

घाईते चौधरीकी श्रीमतिको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीवार दिउँसो मृत्यु भएको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिए । आरोपित चौधरी प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेको र उनी माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस