दाङमा ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु

दाङ, ०४ असार ।

दाङमा ट्याक्टरको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । बिहिबार राती घोराही- तुलसीपुर सडकखण्ड अन्तर्गत कपासेबयियामा ट्याक्टरले ठक्कर दिदा घोराही १६ निवासी ४७ बर्षिय खलसिंह बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपासेबयियाबाट सर्र्रातर्फ जाँदै गरेको रा१त ३२६९ नम्वरको ट्याक्टरले बिकलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस