दाङमा अबैद्य सालको काठसहित चारजना पक्राउ

दाङ,०४ असार ।

दाङमा अबैद्य रुपमा सालको काठ ओसार पसार गरिरहेको अबस्थामा चार जनालाइ पक्राउ गरिएको छ । शुक्रबार दाङ गढवा गाउँपालिका वडा नं. ५ कक्रहवाबाट सालको काठ ल्याउँदै गर्दा चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. २ निवासी २१ बर्षीय महेश पुन, सोही ठाउँका २८ बर्षीय बसन्त क्षेत्री, २२ बर्षीय विनोद पुन र २८ बर्षीय शुशिल घर्ती मगर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टका अनुसार भे१च १८२१ नंम्बरको बोलेरो पिकअप गाडीमा २६ थान घप्पु (४५.४९ क्यूफिट) काठ सहित पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ गरि अनुसन्धानकालागि डिभिजन बन कार्यालय देउखुरी पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस