पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

दाङ,७ साउन ।देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १७ हजार ३०८ जनाको परीक्षण गर्दा २ हजार ७९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी यस अवधिमा कूल १८ जना संक्रमितको ज्यान गएको छ भने १ हजार ६७८ जना निको भएका छन् । हालसम्म नेपालमा निको हुने संक्रमितको कूल संख्या ६ लाख ३९ हजार ३६८ जना पुगेको छ भने ९ हजार ६७९ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा २७ हजार ६६१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४१० जना, झापा ३०१ जना, चितवन १८६ जना, कास्की १७६ जना र सुनसरीमा १०५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस