पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पालामा विश्व रेकर्ड रहने गरी एकैचोटि ३९६ अस्पतालको शिलान्यास गरेको बताए पनि एक वर्ष बित्दै गर्दा शिलान्यास गरिएका अधिकांश ठाउँमा काम नै सुरू भएको छैन
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा आफ्नो पालामा सरकारले गरेका कामले नै गिनिज बुक आधा भरिने दाबी गरे । काठमाडौंमा एमालेको वाग्मती प्रदेश अधिवेशन आयोजक समितिको बैठकमा उनले भनेका थिए, ‘हामीले एकैचोटि ३९६ वटा अस्पतालको शिलान्यास गरेका छौं, देशैभर । विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ हुन्छ, हामीले त दाबी नगरेर मात्र हो । गिनिज बुक आधा त हामीले गरेका कामले भरिन्छ ।’