टिप्परको ठक्करबाट तुलसीपुरकी एक महिला घाईते

तुलसीपुर,
३-मंसिर/ टिप्परको ठक्करबाट तुलसीपुरकी एक महिला घाईते भएकी छिन् । बिहीबार साँझ ५ बजे तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको ना १ क ९१०५ नं. को टिप्परले तुलसीपुर २ भमके पुल नजिकै पैदल यात्रुलाई ठक्कर दिँदा सोही ठाउँकी २५ वर्षीया सृजना गिरी घाईते भएकी हुन् ।

उनको दायाँ खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु आर्यालले जानकारी दिए । गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ रिफर गरिएको र उनको अवस्था मध्यम रहेको डिएसपी अर्यालले जानकारी दिए । साथै टिप्पर चालक फरार रहेको र उनको खोजी भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस