दाङमा यात्रुवहाक बस पल्टिदा २९ जना घाइते

तुलसीपुर
५-मंसिर/ दाङको लमहीमा यात्रुवहाक बस दुर्घटना हुदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटना हुदाँ बसमा सवार २९ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी बसमा सवार ४ जना गम्भीर, ३ जना मध्यम र २२ जना सामान्य घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

बसको पट्टा भाचिएपछि यात्रुवहाक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भईरहेको छ । जस मध्य ७ जना घाइतेलाई थप उपचारको लागि बाँके रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । दुर्घटनामा परी कालिकोट जिल्ला निलागुफा नगरपालिका ९ निवासी २१ वर्षिय बमबहादुर शाही र मुगुको सरु गाँउपालिका १० निवासी २८ वर्षिय धर्मराज जैसी, काठमाडौं निवासी २७ वर्षिय आयुषकुमार लामा र सुर्खेत जिल्ला लेखबेसी नगरपालिका ६ निवासी ३२ वर्षिया लक्ष्मी शर्मा गम्भीर घाईते भएका छन् ।

त्यस्तै हुम्ला चंखेली गाउँपालिका ६ निवासी १७ वर्षिया गौमती बुढा, सुर्खेत भेरीगंगा नगरपालिका १३ निवासी ४६ वर्षिय लालबहादुर वली र सोही ठाउँ निवासी प्रहरी जवान विश्व परियारको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । त्यस्तै, सुर्खेत भेरीगंगा नगरपालिका १३ निवासी २८ वर्षिय अस्मिता थापा, हुम्ला चंखेली ६ निवासी १७ वर्षिया गिता राना, सुर्खेत बिरेन्द्रनगर ६ निवासी ६१ वर्षिय प्रेमबहादुर वली, सोही ठाउँ निवासी ५७ वर्षिय तिर्थकुमार वली, भेरीगंगा १३ निवासी ३५ वर्षिय शंकर राना, कालिकोट निलागुफा नगरपालिका १ निवासी ४० वर्षिय सरोज शाही, अछामको ढकारा गाउँपालिकापालिका १ निवासी १६ वर्षिय सागर साउद, सोही ठाउँ निवासी १५ वर्षिय झलकमान थापा, सुर्खेतको भेरीगंगा नगरपालिका १३ निवासी ५० वर्षिय कबि राना, सोही ठाउँ निवासी २९ वर्षिय खगेन्द्र शाहि र २२ वर्षिय सुरेन्द्र राना सामान्य घाईते भएका छन् ।

त्यस्तै हुम्ला अदानचुली गाउँपालिका ६ निवासी २३ वर्षिय खगेन्द्र बुढा, सोही ठाउँकै २१ वर्षिय खडक कठायत, सुर्खेतका ३७ वर्षिय देव बहादुर जिसी, सोही ठाउँका ३५ वर्षिय सरद राना, दैलेख गुरास गाउँपालिका ४ का १८ वर्षिया देवी मगर, २२ वर्षिया सर्मिला चौधरी, जाजरकोट नलगड नगरपालिका १३ निवासी २२ वर्षिय अञ्जान बस्नेत, कालिकोट सुगकालिका गाउँपालिका ८ निवासी २६ वर्षिया सञ्जुकुमार शाही, जुम्ला सिजा गााउँपालिका ४ का २० वर्षिय बम बुढा, सुर्खेतका ४४ वर्षिय रेशमलाल लामिछाने र ७१ वर्षिय झबिलाल पंगाली सामान्य घाईते भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस