दाङकी कोरोना संक्रमित महिलाको भेरीमा मृत्यु

५-मंसिर/ दाङकी एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा भेरीमा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ७ की ४९ वर्षीया महिला रहेकी छिन् । गएको मंसिर २५ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै मंसिर ३० गते भेरीमा अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस