महिला हिंसा विरुद्धको अभियान : सेतो रिवनदेखि मनोविमर्ष केन्द्रको स्थापनासम्म

तुलसीपुुर,
७-मंसिर/ ‘घरैदेखि शुरुगरांै, महिला विरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ २५ नोभेम्बरदेखि डिसेम्बर १० सम्म ३० औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु हुँदैछ । अभियानको अवसरमा विभिन्न संघ संस्थाहरुले महिला हिंसा विरुद्ध १६ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

यसैविच अभियानको अवसरमा तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा तथा महिला पुनस्र्थापना परियोजना कार्यालय (ओरेक) दाङ सहकार्यमा विभिन्न कार्यक्रम हुने भएका छन् । कार्यक्रमको बारेमा जानकारी दिन मंगलबार मेट्रो कलेजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओरेकका जिल्ला संयोजक ईश्वरी थापाले घर र ‘समाजको ऐक्यबद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता’ भन्ने नाराका साथ तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा विभिन्न कार्यक्रम गरिने जानकारी दिईन् ।

उनका अनुसार बुधबार पशुपति मावि हरिपौरीमा महिला हिंसा विरुद्ध विद्यार्थीहरु विच हाजिरी जवाफ प्रतियोगिता, निवन्ध प्रतियोगिता, गित लेखन प्रतियोगिता र चित्र लेखन प्रतियोगिता हुनेछ । त्यसैगरी बिहीबार म आफुपनि हिंसा सहदैन र म हिंसा गर्दिन भन्ने सुचकका साथ तुलसीपुर र दंगीशरणमा सेतो रिवन अभियान चलाउने, दंगीशरणमा हानिकारक परम्परागत अभ्यास अभियानमा पुरुषहरुको संवाद गर्ने, २६ नोभेम्वरमा महिला तथा बालिकामाथी हुने हिंसा संवन्धि सार्वजनिक सुनुवाई दंगीशरणमा हुने भएको छ । महिला माथी हुने हिंसा र न्युनिकरणको लागि सरोकारवालाहरुको जवाफदेहिता भुमिका विषयक अन्तरक्रिया तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा गरिने भएको छ ।

मनोविमर्ष केन्द्रको स्थापना दंगीशरणमा, महिला तथा बालिका माथी हुने हिंसा संवन्धि सार्वजनिक सुनुवाई घोराहीमा, न्यायिक समितिका पदाधिकारीहरुसंग न्यायप्रतिक्रिया, क्षेतिपुर्ती दंगीशरणमा, महिला तथा बालिका माथी हुने हिंसाको बारेमा सार्वजनिक सुनुवाई तुलसीपुरमा गरिने भएको छ । त्यस्तै डिसेम्बर २ मा बैदेशिक रोजगारबाट फर्केका महिलाहरुको अनुसन्धानबाट आएको प्रतिवेदन प्रस्तुत तुलसीपुर उपमहानगरपालिकामा, डिसेम्बर ३ मा महिलामाथी हुने हिंसा न्युनिकरणकालागि जवाफदेहिता कार्यक्रम दंगीशरणमा हुने छ ।

त्यस्तै ५ डिसेम्बरमा हानिकार परम्परागत अभ्यास तुलसपिुर १२ मा ६ डिसेम्बरमा तुलसीपुर चोकमा दिप प्रज्वलन, ७ मा लैंगिक हिंसा भित्रको संवेदनशिलता, व्यवस्था र हिंसा प्रभावितको पुर्नस्थापनाका लागि वडा नं. १२ मा दुईदिने तालिक, डिसेम्बर ८ मा लैंगिक हिंसा भित्रको संवेदनशिलता, हानिकारक परम्परागत अभ्यास न्युनिकरण संवन्धि अभिमुखिकरण दंगीशरणको ६ मा र १६ दिने अभियानको अन्तिम दिन सार्वजनिक स्थालमा महिला तथा बालिकाको अधिकार शुनिश्चिताकोलागि होटेल व्यवसायीहरुको भुमिका बैठक गरिने ओरेकाका जिल्ला संयोजक थापाले जानकारी दिईन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष श्याम डाागीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ईश्वरी थापाले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस