तुलसीपुर महोत्सव एकदिन थप, सोमबार गायिका ज्योति मगर आउँदै

तुलसीपुर,
११ पुस/ तुलसीपुरमा जारी तुलसीपुर महोत्सव एक दिन थप हुने भएको छ । महोत्सवमा आउने दर्शकहरु संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको समय एक दिन थप गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले बताएका छन ।

महोत्सव अवलोक गर्ने दर्शकहरुको संख्या बढिरहेको छ । महोत्सव
थाप्नु पर्ने माग पनि आयो । त्यस कारण एक दिन थप गर्नुपरेको घर्तीले बताए । तुलसीपुर क्षेत्रकोउद्योग व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजितमहोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शकले अवलोकन गर्ने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिएका छन । शनिबार करिब ५० हजार दर्शकले मेला अबलोकन गरेको समेत बस्नेतले जानकारी दिएका छन।

आइतबार चर्चित लोकदोहोरी गायक राजु परियार, भागिरथ चलाउने, कमला घिमिरे लगाएतका कालाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

सोमबार चर्चित गायीका ज्योति मगर, चन्द्र प्रकाश शर्मा, नृत्यङ्गना करिना डिसी लगाएतका कलाकाहरुको बेजोड प्रस्तुति रहने सांस्कृति उपसमितिका संयोजक सन्तोष खड्काले जानकारी दिएका छन

प्रतिक्रिया दिनुहोस