दाङमा ८६ प्रतिशतले कोरोनाको खोप लगाए

२३-पुस/ अहिलेसम्म दाङका ८६ प्रतिशत नागरिकले कोरोना भाईरसको पहिलो र ५७ प्रतिशत नागरिकले पुर्ण खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यस्तै अहिले जिल्लाका तुलसीपुर, घोराही र लमही बाहेका ७ पालिकामा कोरोनाका संक्रमित छैैनन् ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले दिएको जानकारी अनुसार जिल्लामा ७ स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य छ । तुलसीपुरमा थपिएका बाहेक पिसिआर विधीबाट परिक्षण गर्दा कोरोना देखिएका सक्रिय विरामी जिल्लामा ५ जना मात्रै रहेको उनले जानकारी दिए ।

हालसम्म जिल्लामा पिसिआर विधिबाट मात्रै १२ हजार ९३३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण मुक्त हुनेको संख्याको १२ हजार ६५७ रहेको छ भने तीन सय बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस