होटल तथा रेष्टुुरेन्ट साँझ ७ बजेपछि बन्द

कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै दाङमा शुुक्रबार देखी होटल तथा रेष्टुुरेन्ट साँझ ७ बजेपछि सञ्चालनमा रोक लगाईने भएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको बिहिबार घोराहीमा बसेको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको भन्दै भिडभाड हुने क्षेत्रहरुमा बिषेश निगरानी बढाउने निर्णय गरेको हो ।

त्यसैगरी, राजनितिक दलहरुको सभा सम्मेलन, मेला, महोत्सव तथा जमघट नगर्ने र २५ जना भन्दा बढीको भेलालाई पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । संघ सरकारले भने अनुसार माघ १५ गते सम्म विद्यालयहरु खोल्न नपाईने र सञ्चालित परिक्षा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

सार्वजनिक सवारीका साधनमा सिट क्षमता अनुसार मात्रै यात्रुु राख्ने, मास्क र स्यानिटाईजरको अनिवार्य प्रयोग तथा व्यवस्था गर्ने भनिएको छ । साथै गाडीका ढोकामा सबैले स्यानिटाईजरको व्यवस्था गर्ने र मास्क नलगाएका यात्रुुलाई नचढाउने सम्म भनिएको छ । त्यसैगरी, सेवाग्राहीको अत्यधिक भिड हुने सरकारी, गैरसरकारी कार्यालय एवं बैंक वित्तिय संस्थाहरुमा त्यहाँका प्रमुखले सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने बिषयमा ध्यान दिदै कार्यान्वयन गर्ने निर्णय भएको छ ।

साथै आगामी माघ ७ गते देखी सार्वजनिक क्षेत्रमा सेवा र उपभोगका लागि जाँदा अनिवार्य खोप कार्ड लिएर जानुुपर्ने समेत सबैलाई भनिएको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा स्थानिय तहका प्रतिनिधी एवं अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

निर्णयको कार्यान्वयन भए नभएको बारेमा सुरक्षा निकायबाट नियमित अनुुगमन हुने भएको छ । यदि कार्यान्वयन नभएको पाईए संक्रमक रोग ऐन २०२० अनुसार कार्वाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस