तुलसीपुरमा ६ र ७ गते खोप लगाइने

तुलसीपुर
५-माघ/ तुलसीपुरमा कोरोना भाइरस विरुद्धको कोभिशिल्ड र एस्ट्राजेनेका खोपको दोस्रो मात्रा यही माघको ६ र ७ गते लगाइने भएको छ । कोरोना भाइरस विरुद्धको कोभिशिल्ड र एस्ट्राजेनेका खोपको दोस्रो मात्रा १२ हजार ६३ जनालाई लगाइने भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती निकालेर तुलसीपुरको १९ वटै वडाका सबै स्वास्थ्य संस्थाबाट, राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर मेट्रो अस्पतालबाट खोप लगाइने बताएको छ । खोप बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म लगाइने विज्ञप्तीमा उल्लेख छ ।

साथै खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना अनिवार्य गर्नु पर्ने र आफूले पहिलो मात्रा खोप लगाएको खोप कार्ड लिएर जान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस