आइसीसी टी २० विश्वकपको ग्लोबल छनोट: आज नेपालले पहिलो खेल ओमानसंग खेल्दै

६ फागुन/ आइसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा नेपालले आजबाट आफ्नो प्रतिस्पर्धा सुरु गर्दैछ । जसमा नेपालले पहिलो खेलमा ओमानसँग खेल्दैछ ।

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा नेपाल र ओमानको खेल आज ११:४५ बजेबाट सुरु हुनेछ । यो मैदानमा नेपाल र ओमान टी २० मा एक सातामा दोस्रो पटक खेल्न लागेका हुन भने भने समग्रमा तेस्रो पटक खेल्न लागेका हुन ।

यसअघि भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो पटक टी २० विश्वकपमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाली टिमको त्यो यात्रामा यो खेलले ठूलो महत्व राख्नेछ आजको खेलमा जित निकालेको खण्डमा नेपाललाई सेमिफाइनलमा खेल्नका लागि क्यानडा वा फिलिपिन्सलाई हराए पुग्नेछ ।

यदि पहिलो खेलमा नै पराजित भएको खण्डमा बाँकी दुई खेल जित्नै पर्ने दबाव हुनेछ । सन्दिप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले ग्लोबल छनोट अगाडी चारदेशीय सिरिज खेलेको थियो । जसमा ओमानलाई हराउँदा यूएई र आयरल्याण्डसँग भने पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस