दाङका लागि ४ लाख ४३ हजार मतपत्र आईपुग्यो

दाङ,
२०-वैशाख/ यही वैशाख ३० गते हुने पालिका चुनावका लागि दाङमा मतपत्र आइपुगेको छ । जिल्लामा मतदानका लागि आवश्यक मतपत्र निर्वाचन आयोगले पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

दाङमा चार लाख नौ हजार नौ सय दुई मतदाता रहे पनि चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । २०७४ सालको पालिका चुनावको तुलनामा अहिले एक लाख १८ हजार सात सय २८ मतदाता थपिएका छन् । मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् भने आयोग चुनाव लक्षित तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस