हामी सहज रुपमा चुनाव जित्दैछौं : राना

तुलसीपुर
२३-वैशाख/ गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाकाको उपमेयर पदका उम्मेदवार हुन जोगबहादुर राना मगर । नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य र दाङ जिल्ला इञ्चार्ज मगर एक हक्की स्वभावका नेता हुन । विक्रम संबत २०२० सालमा बुवा बलराम राना र आमा छबीदेवी रानाका कोखबाट तुलसीपुर ७ खाद्रे वनहरीमा उनको जन्म भएको हो ।

उपमेयरको टिकट पाएसँगै उनी आफ्नो पक्षमा मतदान गर्न आग्रहसहित निरन्तरण घरदैलोमा ब्यस्त छन् । राना तीनै ब्यक्ति हुन जस्ले २०३६ सालको जनमत संग्रह ताका तुलसीपुरको मेहेन्द्र माविदेखि भोजपुर माविसम्म रातारात पञ्चायत विरूद्ध पर्चा पम्प्लेटिङ छर्ने कार्यको नेतृत्व गरेका थिए ।

जसले कम्युनिष्ट पार्टीको संगठित सदस्य २०४७ सालमा लिए । त्यसपछि झनै उनको सक्रिय राजनीतिक रात्रा सुरु भयो । उनको निष्ठा र लगनकै कारण पार्टीले उनलाई २०४९ सालमा युवा संघ दाङको अध्यक्ष बनायो । त्यसको चार बर्षपछि २०५२ मा जोगबहादुर युवासंघको केन्द्रीय सदस्य बन्न सफल भए । २०४२ सालमा सरकारी जागिरे रानाले त्यही पार्टीकै जागिर त्यागे । उनी २०४४ देखि २०४७ सम्म पटक-पटक भूमिगत भए ।

२०५३ सालमा पिपल्स भोलिन्टिएरको केन्द्रिय सदस्य तथा मध्यपश्चिम इञ्चार्ज, २०५४ सालमा भएको एमालेको छैठौ महाधिवेसन प्रतिनिधि, सोही समयमा २०५४ सालमा स्थानीय चुनाबमा जिल्ला विकास समिति दाङको सदस्य भए । २०६५ सालमा मध्यपश्चिम खेलकुद अध्यक्ष, सोही बर्ष भएको एमालेको आठौं महाधिवेशनमा उनी महाधिवेन प्रतिनिधि भएर काम गरे ।

तत्कालिन समयमा रानाको सक्रियता र लोकप्रियताको मापन उनले प्राप्त गरेको पदिय जिम्मेवारी नै निर्धारण गर्छ । कम्युनिष्टको नाम भन्न पनि डराउनु पर्ने अवस्थामा समेत उनी निर्भिक भएर उभिए । पार्टी संगठन जोगाए । राना भन्छन् ‘ मैले जीवन नै हत्केलामा राखेर संगठन विस्तार गर्दै हिड्ने हिड्थे ।’ उनलाई त्यही भएर आज उनको पार्टीले उपमेयरको उम्मेदवार बनाएको हो । निर्भिक रुपमा कम्युनिष्टको संगठन विस्तार गर्दै हिडेको देखेर प्रतिपष्र्धी दलहरु उनलाई प्रमुख बाधक ठान्थे । त्यही भएर २०५४ सालतिर उनको नवलपुरस्थित घरमा बम बिष्फोट गराइयो । त्यसपछि उनी त्यहाँबाट प्रसेनी सरे । प्रसेनीस्थित घरमा पनि ढुंगामुडा भयो ।

हाल तुलसीपुरको बरुवा गाउँ निवासी रानालाई कुनै बेला राज्यले ‘ देशद्रोही’ भन्दै ५० भन्दा बढी राजनीतिक मुद्दा लागेको थियो । तर, पनि राना कहिलै बिचलित भएनन् । राजनीति झनै सक्रिय भएर लागे । ‘जस्तै कठिन परिस्थितिमा पनि म डराइन र हामीले हिम्मतपनि हारिन,’ रानाले बिगत संझदै भने ‘ म नियमित संगठन विस्तार र पार्टी निर्माण अभियानमा झनै सक्रिय भएर लाग्ने गर्दथे ।’

जिल्लामा कम्युनिष्ट पार्टीको संगठन बिस्तार गर्नुमा आफ्नो ठूलो योगदान रहेको राना बताउँछन् । त्यो समयमा जनता पनि खुल्न नमान्ने भएकाले संगठन विस्तार गर्न निकै सकस हुन्थ्यो । चुनौति थियो । ‘हामीसंग मान्छेहरु भेट्नै पनि डराउथे,’ रानाले भने ‘त्यसैले हामी रातिरातीमा गएर संगठन बनाउथ्यौं ।’ पश्चिम दाङको पुरन्धारा, रामपुर, हाँसिपुरजस्ता ठाउँमा साईकलमा गएर संगठन विस्तार गर्दा रानानै मसिहा हुन्थे ।

राना एमाले दाङ जिल्ला कमिटीमा १६ बर्षसम्म सदस्य भए । त्यो समयमा उनी बिभिन्न संघ संस्थाको सल्लाहकार तथा संस्थापक भएरसमेत काम गर । उनी २०६७ सालमा एमाले दाङ जिल्ला कमिटी सचिबमा भए । २०६९ सालमा जिल्ला उपाध्यक्ष र २०७१ सालमा कार्यबहाक अध्यक्षको भूमिका निर्वाह गरे । त्यस्तै २०७३ सालमा लुम्बिनी प्रदेश कमिटी सदस्य मनोनित भए ।

उनी एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपााको लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारीमा थिए । एमाले फुटेपछि यतिखेर उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाली रहेका छन् । आफ्नो क्रियासिलता रइमानको राजनीतिका कारण आम मतदाताले आँफूसहित गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी बनाउने उनको विश्वास छ ।

तुलसीपुरको समग्र विकासका लागि गठबन्धन
तुलसीपर उपमहानगरपालिकाको समग्र विकासका लागि आफु लगायत पाँच दलिय गठबन्धनको उम्मेदवारीको जित अपरिहार्य रहेको रानाले बताउँदै आएका छन् । यसअघिका नगरका प्रतिनिधिले राम्रो काम गर्न नसक्दा तुलसीपुरको अवस्था झनै लथालिंग तथा भताभूंग अवस्थामा पुगेको भन्दै उनले त्यो सुधार्न गठबन्धनले जित्ने जरुरी रहेको दाबी गरे । ‘धुलै धुलो युक्त तुलसीपुरलाई हराभरा र सुन्दर बनाउनु छ,’ उनले भने ‘सहज र सरल सेवा प्रवाह गर्न गठबन्धनको जित अपरिहार्य छ ।’ ऋाफ्नो जीवनको अधिकाँस समय तुलसीपुरमै बितेको र यही संघर्ष गर्दै खेल्दै यहाँ सम्म आइपुगेको हुँदा तुलसीपुरबासीका समस्या संग आँफू नजिकबाट साक्षात्कार रहेको उनले बताए ।

‘तुलसीपुर क्षेत्रको वासिन्दा भएकाले तुलसीपुरमा के कस्ता समस्याहरु छन ? के कुराको आवस्यकता छ भन्ने कुराको मलाई राम्रो जानकारी छ,’ उनले भने ‘ मलाई सबै गठबन्धनका उम्मेदवारलाई बिजयी गराए हामी सुकुम्बासी समस्या समाधानको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने छौं ।’ द्याङको एक मात्रै विमानस्थल टरिगाउँ एयर पोर्टको धावन मार्ग विस्तार र विकासका लागि काम गर्ने , तुलसीपुरमा संकलन हुने फोहोरको उचित व्यवस्थापन गर्नेदेखि शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, स्तरिय सडक निर्माणमा आँफूहरुले जोड दिने उनले प्रतिबद्धता जाहेर गरे ।

रानाले आँफूले संधै तुलसीपुरको हितको पक्षमा काम गर्दै आएको र भविश्यमा पनि गरि रहने प्रण गरे । आफ्नो ४० वर्षको राजनीतिक यात्राको क्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाजका लागि धेरै काम गरेकाले आफु लगायत तुलसीपुरमा गठबन्धनका सबै उम्म्ेदवारले चुनाव जित्ने उनले दावी गरे । त्यसमा पनि राजनीतिमा लामो अनुभव भएका मेयरका उम्मेदवार गेहेन्द्र गिरीसंग सहकार्य हुनुले झनैं जित्नेमा उनी ढुक्क सुनिए ।

‘हामी मिलेर काम गर्ने छौं,’ उनले भने ‘अहिले नै हामी आँकाशका तारा झारिदिने बाचा गर्दैनौं ।’ उपमेयर पदका उम्मेदवार रानाले गफ भन्दा आँफूहरुले काम गरेर देखाउने विश्वास दिलाए । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस